माघ २७ देखि आहा! रारा पोखरा गोल्ड कप, उपाधि राशी १४ लाख १ हजार
१२ टोलीको सहभागिता
पाेखरा | माघ १८, २०८२
पोखरा: २५औं आहा! रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिता यही माघ २७ गदेखि सुरु हुने भएको छ ।
मोफसलको प्रतिष्ठित सहारा क्लबले आयोजना गर्ने २५ औं संस्करणको प्रतियोगिताको तिब्र पारिएको पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।
पोखरा पर्यटन वर्ष २०२५–२६ लाई प्रवद्र्धन गर्ने उद्देश्यले पहिलोपटक पोखरा रंगशालामा अस्थायी फ्लडलाइट जडान गरी खेल सञ्चालन गरिने क्लबका अध्यक्ष केशव बहादुर थापाले बताए ।
उनका अनुसार पोखरा रंगशालामा सञ्चालन हुने प्रतियोगिता यही माघ २७ देखि फागुन ९ गतेसम्म चल्नेछ ।
सो प्रतियोगितामा आहा रारा गोल्डकपका सहभागी टोली नेपाल पुलिस क्लब, चर्च ब्वाइ युनाइटेड, मनाङ मस्र्याङ्दी क्लब, नेपाल एपिएफ कलब, प्लानिङ ब्वाइज युनाइटेड, जाउलाखेल युथ क्लब, थन्डरवोल्ड नर्थ युनाईटड, सिक्किम (भारत), मछिन्द्र फुटबल क्लब, गोर्खा इन्टरनेसनल फुटबल क्लब, हङकङ, आभा फुटबल क्लब, उज्वेकिस्तान, सहारा क्लब पोखरा, भारतीय अर्को क्लब (नाम तय हुन बाँकी)गरी कुल १२ टोलीको सहभागिता रहने छ ।
सो प्रतियोगिताको उपाधि राशी नगद रु १४ लाख १ हजार निर्धारण गरिएको क्लबका सदस्य सचिव गंगाराज पौडेलले जानकारी दिए ।
उनका अनुसार उपविजेता टोलीले नगद रु ७ लाख १ हजारप्राप्त गर्नेछ ।
प्रतियोगिताको मुख्य प्रायोजक हिमश्री फुड्स प्रालिको उत्पादन आहा तथा रारा तयारी चाउचाउ रहेको छ। पोखरा महानगरपालिका संरक्षक रहेको प्रतियोगितामा राष्ट्रिय खेलकुद परिषद, अखिल नेपाल फुटबल संघ, गण्डकी प्रदेश खेलकुद परिषद, जिल्ला खेलकुद विकास समिति कास्की, एन्फा कास्की, सहारा यूके, सहारा हङकङ र सहारा क्लब अस्ट्रेलियाको विशेष सहयोग रहेको आयोजकले जनाएको छ ।
पोखरा । ताङतिङ दूधपोखरी तमु समाजको अध्यक्षमा पहिलोपटक महिला नेतृ चन्द्रमाया गुरुङ चयन भएकी छन् । समाजको दशौँ अधिवेशनले गुरुङको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । &nb...
कर्णाली: नेपालगञ्जबाट स्कुटरमा बसेर सुर्खेततर्फ आइरहेका एक युवक यात्राका क्रममा बेहोस भए । बेहोसीमै कर्णाली प्रदेश अस्पताल पुर्याइएका उनको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका सू...
महेन्द्रनगर: कञ्चनपुर प्रहरीले भारतबाट भन्सार छलेर नेपाल भित्र्याउन लागेका सामानसहित चार जना भारतीयलाई पक्राउ गरेको छ । बेलौरी नगरपालिका–१ खल्लाबाट भन्सार छलेर नेपाल...

